प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी « Khabarhub

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । 

वीरगञ्जको नारायणी रङ्गशालामा आज भएको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई डकवर्थ लुइस (डिएलएस मेथड)को आधारमा १८ रनले पराजित गरेको हो । सुरुआतमा ब्याटिङ गरेको मधेस प्रदेशले ३४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनायो । 

मधेस प्रदेशको तर्फबाट मयन यादवले ४३ रन र विशाल सुसलिङले ४० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका अपराजित पौडेल र सुवास भण्डारीले तीन–तीन विकेट लिए । 

जबाफी ब्याटिङमा उत्रिएको गण्डकी प्रदेशले २२ ओभरमा पाँच विकेटको क्षतिमा ८० रन बनायो । गण्डकी प्रदेशले ब्याटिङ गर्दा पानी परेपछि खेलको निर्णय डकवर्थ लुइस मेथडबाट गरिएको हो । गण्डकी प्रदेशका अर्जुन कुमालले ४९ रन र दीपक डुम्रेले १३ रन बनाए । 

बलिङतर्फ मधेस प्रदेशका विशाल पटेल र मोहम्मद आदिल आलमले एक–एक विकेट लिए । आजको खेलमा मधेस प्रदेशका विशाल  सुसलिङ प्लेयर अफ दी म्याच घोषित हुँदै नगद पाँच हजार पुरस्कार पाए । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : १२ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६