सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी « Khabarhub

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको दैनिकी फेरिएको छ। पहिले जस्तो पैदल हिँडेर बजार जानु पर्दैन । गाडीमा जान आउन पाएपछि घरको काम गर्ने समय नै बचत भएको उनी बताउँछन्। 

स्थानीय स्वास्थ्य संस्थामा कार्यरत गुरुङले सडक सञ्जालले गाउँलेको जीवन फेरिएको बताए। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड आसपास बाहेक इच्छाकामनाका अधिकांश भूगोल पहाडी क्षेत्रमा पर्दछ । 

यहाँ बहुसङ्ख्यक जनजाति बसोबास गर्दछन्, जसमा ३७ प्रतिशत चेपाङ छन् । कुल जनसङ्ख्याको ७५ प्रतिशत जनजातिको बसोबास छ । 

इच्छाकामना–२ का अध्यक्ष पञ्चबहादुर चेपाङ गाउँगाउँमा सडक, विद्युत्, खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम घटेको बताउँछन्। उनका अनुसार सडक सञ्जालले छोएसँगै यहाँ उत्पादित कृषिजन्य उत्पादन सहजै बजारसम्म पुर्‍याउन पाएका छन् ।

घरमै मोटरसाइकल पुग्ने भएपछि बजारमा काम गर्नेहरू पनि बिहान बेलुका घरबाटै धाउन थालेका छन् । गाउँपालिकाको पहाडी भू-भाग हुँदै शक्तिखोर-फिस्लिङ सडक बनेको छ । इच्छाकामना गाउँपालिका–२, ३ र ७ वडा हुँदै जाने सो सडक ३५ किलोमिटर लामो छ । यो सडकसँगै नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्गसँग यहाँका भित्री सडक जोडिएका छन् ।

गाउँपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजनाका कारण सडक र पुल बनेपछि गाउँलाई सहरसँग जोड्न सकिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ बताउँछन् । इच्छाकामनामा मात्र तीन तहले बनाएका सडकको लम्बाइ ४०० किलोमिटरभन्दा बढी छ । 

उनले भने, ‘सबै टोलमा सडक पुगेको छ । जसले यहाँका नागरिकको जीवन फेरिएको छ । गाउँपालिकाले विकास बजेटको ४० प्रतिशतभन्दा बढी सडक र पुलमा खर्च गर्ने गर्छ’, गुरुङले भने, ‘सडक पुगेपछि बसाइँ सर्नेक्रम कम भएको छ ।’ 

यहाँबाट एक वर्षमा नौ करोड रुपैयाँ हाराहारीको सुन्तला बिक्री हुने गरेको उनले जानकारी दिए।

गाउँपालिकाले तरकारी बोक्न कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सुन्तलाभन्दा बढी तरकारीबाट किसानले आम्दानी गर्ने गरेका छन् । खसी, बोका, कुखुरा मात्रै वार्षिक एक करोड रुपैयाँ भन्दा बढीको बिक्री हुने गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सडक सञ्जालले इच्छाकामनाका सबै गाउँ छोएपछि यहाँको पर्यटकीय क्षेत्रको विकासमा पनि टेवा पुगेको बताउँछन्। धार्मिक महत्व बोक्ने मठमन्दीर, महत्वपूर्ण किल्ला उपरदाङगढी, जिल्लाकै सबैभन्दा अग्लो भू–भाग सिराइचुली जस्ता क्षेत्रमा सडक सञ्जाल पुगेपछि आन्तरिक पर्यटक बढेको बस्नेत बताउँछन् ।
 

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : ३५ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर