आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित « Khabarhub

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल च्यालन्जर्स बैंगलुरुस्तब्ध भएको छ ।

लखनउमा गएराति सम्पन्न खेलमा लखनउ डीएलएस पद्धति अनुसार ९ विकेटले विजयी भएपछि शीर्ष स्थानमा उक्लने बैंगलुरुको लक्ष्यमा अवरोध भएको छ ।

वर्षाका कारण १९ ओभरमा झारिएको खेलको नतिजा डीएलएस पद्धति अनुसार घोषणा गरिएको थियो ।

लखनउले दिएको २ सय ९ रनकको लक्ष्य पछ्याएको बैंगलुरु निर्धारित १९ ओभरमा ६ विकेट गुमाएर २ सय ३ रनमा समेटियो ।

बैंगलुरुका रजत पाटीदारले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै, टिम डेभिडले ४० तथा देवदत्त पडिक्कलले ३४ रन जोडे । बैंगलुरुका प्रिन्स यादवले सर्वाधिक ३ विकेट लिए ।

यसअघि, टस हारेर पहिहले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित १९ ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो ।

लखनउका मिचेल मार्शले १ सय ११ रनको शतकीय इनिङ खेले । यस्तै, निकोलस पूरनले ३८ तथा ऋषभ पन्तले ३२ रन बनाए ।

यो जितसँगै लखनउ १० खेलबाट ६ अंकका साथ तालिकाको अन्तिममा छ भने समान खेलबाट १२ अंक बनाएको बैंगलुरु तेस्रो स्थानमा यथावत रहेकको छ ।

जारी आईपीएल क्रिकेटमा शीर्ष स्थानमा रहेको सनराइजर्स हैदराबादको १४ र दोस्रो स्थानमा रहेको पन्जाब किंग्सको १३ अंक छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ३८ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको