आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित « Khabarhub

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल च्यालन्जर्स बैंगलुरुस्तब्ध भएको छ ।

लखनउमा गएराति सम्पन्न खेलमा लखनउ डीएलएस पद्धति अनुसार ९ विकेटले विजयी भएपछि शीर्ष स्थानमा उक्लने बैंगलुरुको लक्ष्यमा अवरोध भएको छ ।

वर्षाका कारण १९ ओभरमा झारिएको खेलको नतिजा डीएलएस पद्धति अनुसार घोषणा गरिएको थियो ।

लखनउले दिएको २ सय ९ रनकको लक्ष्य पछ्याएको बैंगलुरु निर्धारित १९ ओभरमा ६ विकेट गुमाएर २ सय ३ रनमा समेटियो ।

बैंगलुरुका रजत पाटीदारले सर्वाधिक ६१ रनको अर्धशतकीय पारी खेले । यस्तै, टिम डेभिडले ४० तथा देवदत्त पडिक्कलले ३४ रन जोडे । बैंगलुरुका प्रिन्स यादवले सर्वाधिक ३ विकेट लिए ।

यसअघि, टस हारेर पहिहले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित १९ ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो ।

लखनउका मिचेल मार्शले १ सय ११ रनको शतकीय इनिङ खेले । यस्तै, निकोलस पूरनले ३८ तथा ऋषभ पन्तले ३२ रन बनाए ।

यो जितसँगै लखनउ १० खेलबाट ६ अंकका साथ तालिकाको अन्तिममा छ भने समान खेलबाट १२ अंक बनाएको बैंगलुरु तेस्रो स्थानमा यथावत रहेकको छ ।

जारी आईपीएल क्रिकेटमा शीर्ष स्थानमा रहेको सनराइजर्स हैदराबादको १४ र दोस्रो स्थानमा रहेको पन्जाब किंग्सको १३ अंक छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ६ : ३८ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले