यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद् बैठकका ४ निर्णय  « Khabarhub

यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद् बैठकका ४ निर्णय 


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ।

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक वैशाख २८ गते दिउँसो ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो।

उक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

यस्तै मन्त्रिपरिषद्ले विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय महासन्धि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ। मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ संसद्मा पेश गर्न अनुमति दिएको हो।

यस्तै, श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९४७ (C081–Labour Inspection Convention, 1947) अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न पनि स्वीकृति प्रदान गरिएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १२ : ५७ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच