अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोड : सैन्य कारवाही टरेको सङ्केत « Khabarhub

अमेरिका–क्युबा सम्बन्धमा नयाँ मोड : सैन्य कारवाही टरेको सङ्केत


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य कारबाही गर्ने तयारीमा नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै बारम्बार कडा चेतावनी दिइरहेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार, क्युवा सरकारसँग प्रारम्भिक चरणको कूटनीतिक छलफल जारी छ । तर तत्काल सैन्य विकल्प सक्रिय रूपमा अघि बढाइएको छैन ।

राष्ट्रपति ट्रम्पले हालै ‘क्युबा अर्को लक्ष्य हुन सक्छ’ भन्ने टिप्पणी गर्दै मध्यपूर्वमा तैनाथ अमेरिकी नौसैनिक जहाजहरू आवश्यक परे क्युबाबाट फर्किन सक्ने सङ्केत पनि दिएका थिए । यसैबीच, अमेरिकी पक्षले क्युबा सरकारलाई मानवीय सहायता स्वरूप लाखौँ डलरको सहयोग, सबै नागरिकका लागि दुई वर्षसम्म निःशुल्क इन्टरनेट सेवा (स्टारलिङ्क), कृषि सहयोग तथा पूर्वाधार विकास सहायता जस्ता प्रस्तावहरू दिएको बताइएको छ ।

तर यी प्रस्तावहरू कडा सर्तहरूसहित भएकाले क्युबा सरकारले स्वीकार गर्ने सम्भावना कमजोर रहेको अधिकारीहरूको आँकलन छ । अमेरिकी अधिकारीहरूले क्युबाले अहिलेसम्म प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार नगरेको तर धेरै सर्तहरूप्रति लामो समयदेखि असहमति जनाउँदै आएको बताएका छन् ।

यसैबीच, अमेरिकी ट्रेजरी र विदेश मन्त्रालयले क्युबामाथि नयाँ प्रतिबन्ध घोषणा गरेका छन् । विशेषगरी क्युबाली सेनाद्वारा सञ्चालित एक ठूलो व्यापारिक समूहमाथि कडा आर्थिक प्रतिबन्ध लगाइएको छ । अमेरिकी अधिकारीहरूले कूटनीतिक ढोका अझै खुला रहेको बताए पनि राष्ट्रपति ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्न सक्ने र सैन्य विकल्पहरू पूर्ण रूपमा नहटाइएको स्पष्ट गरेका छन् ।

यस घटनाक्रमले अमेरिका–क्युबा सम्बन्ध पुनः तनावपूर्ण बन्न सक्ने संकेत देखिएको छ भने अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ३ : १४ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।