सुदन श्रम संस्कृतितिर लागेकै दिन बाबुरामले पनि छाडे प्रलोपा « Khabarhub

सुदन श्रम संस्कृतितिर लागेकै दिन बाबुरामले पनि छाडे प्रलोपा


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छाडेका छन्। गत फागुन २१ गतेको चुनावअघि बनेको प्रलोपामा उनी संरक्षक थिए।

भट्टराईले आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र बस्न चाहेको व्यहोरा पार्टीलाई जानकारी गराएका छन् । त्यहीअनुसार पार्टीले वैयक्तिक छनोटलाई सम्मान गर्दै भट्टराईलाई शुभकामना दिने निर्णय गरेको हो।

शुक्रबारको बैठकबाट बाबुराम औपचारिक रुपमा सो पार्टीबाट अलग भएको त्यस पार्टीका अध्यक्ष परिषद्का एक नेताले बताए ।

ती नेताका अनुसार बाबुराम पार्टीबाट अलगिएको जानकारी गराएर उनलाई आगामी राजनीतिक यात्राको शुभकामना दिइएको छ। यस्तै प्रलोपा छोडेर आजबाट संघ संस्कृति पार्टीमा प्रवेश गरेका सुदनकी रातीलाई पनि शुभकामना दिइएको छ।

प्रलोपाको अध्यक्ष परिषद्को नेतृत्व अब सन्तोष परियारले गर्ने भएका छन्। यसअघि परियारले उक्त पार्टी छोडिएको भन्ने हल्ला चलेको थियो । तर उनी त्यही पार्टीमा रहेर आगामी बस्ने बैठकको अध्यक्षता गर्ने बताइएको छ।

बाबुराम अब कहाँ जान्छन्, त्यो भने अहिलेसम्म सार्वजनिक भएको छैन। यसका साथै प्रलोपाले अध्यक्ष परिषद् सदस्य सुदन किराती शुक्रबार श्रम संस्कृति पार्टी प्रवेश गरेका छन्।

प्रलोपाले महाधिवेशन समग्र पार्टीको योजना निर्माण र कार्यान्वयन गर्न छिट्टै सचिवालय बैठक आयोजना गर्ने जनाएको छ। अब प्रलोपामा सन्तोष परियार र जनार्दन शर्मासहितका नेताहरू मात्रै बाँकी छन् ।

श्रम संस्कृति पार्टीमा सुदन किराती

उता प्रलोपाकै अध्यक्षमण्डलका सदस्य पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा आवद्ध भएका छन् । लामो समयको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच शुक्रबार सहमति भएको हो ।

बिहीबार भएको सहमतिमा सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेता बनाइएको छ । केही समयअघि प्रगतीशिल लोकतान्त्रिक पार्टी छाडेका पूर्वमन्त्री किरातीसहित उनीसँगै अन्य नेताहरू पनि पनि शुक्रबार बागबजारमा आयोजित कार्यक्रममा श्रम संस्कृतिमा प्रवेश गरेका छन् । उनको टिमबाट केहीलाई केन्द्रीय सदस्य बनाउने तयारी छ ।

किराती वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् । सहमति अनुसार किराती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने छन् ।

किरातीले गत फागुन २१ गतेको निर्वाचनमा श्रम संस्कृतिका उम्मेदवारलाई सहयोग गरेका थिए । सुदनको सहयोगमा सुनसरी १ बाट हर्कराज राई, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राईले चुनाव जिते ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ५ : २५ बजे

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २००

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरू)

काठमाडौँ– नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने

काठमाण्डौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा भोलि (आइतबार) देखि

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

आज विश्व शरणार्थी दिवस मनाइँदै, शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

काठमाडौँ– आज विश्व शरणार्थी दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम