कञ्चनपुरको खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

कञ्चनपुरको खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन् ।

महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरबाट भीमदत्त नगरपालिकाको विकट बस्ती खल्ला मसेटीमा औषधिसहितको स्वास्थ्य सेवाबाट स्थानीय ९३ जना लाभान्वित भएको शिक्षालयका निर्देशक प्रमल साउदले जानकारी दिए ।

‘सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यअनुरुप हामीले एक लाखको औषधिसहितको निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकसहितको सेवा प्रदान गरेका हौँ’, निर्देशक साउदले भने, ‘प्राविधिक शिक्षासँगै शिक्षालयले कञ्चनपुरमा विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ ।’

त्यसैगरी स्वास्थ्य शिविरमा महिला ५४ र पुरुष ३९ जनाले सेवा लिएको चिकित्सक डा. गोविन्द रोकायाले जानकारी दिए । उनले छाला, पेट, दम, मधुमेहलगायतका बिरामीले सेवा लिएका बताउनुभयो । त्यसका साथै शिविरमा १७ महिला र २१ पुरुषले प्रयोगशाला सेवासमेत लिएका थिए ।

स्वास्थ्य शिविर उद्घाटनमा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, शिक्षालयका निर्देशक साउद, महाकाली प्रादेशिक अस्पतालका डा. अर्जुन भट्टलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ९ : ४८ बजे

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक