रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत « Khabarhub

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल: महेश बस्नेत


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बस्नेतले वर्तमान राजनीतिक परिस्थितिमा दलबीचको संवाद र सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका हुन्।

“सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढङ्गले अघि बढिरहेको आरोप लगाउँदै बस्नेतले प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको टिप्पणी गरेका छन्। “प्रधानमन्त्रीमा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको छ,” बस्नेतले लेखेका छन्।

यस्तै, बस्नेतले प्रतिनिधिभाका सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। संसदको गतिरोध अन्त्य गर्न सक्रिय भूमिका खेल्नुपर्ने बेला सभामुख विभिन्न कार्यक्रम र यात्रामा अनावश्यक तामझामसहित व्यस्त देखिएको उनको आरोप छ।

यस्तो जटिल परिस्थितिमा प्रमुख राजनीतिक शक्तिहरूलाई संवादको साझा मञ्चमा ल्याउने रास्वपाको प्रयास सकारात्मक रहेको भन्दै बस्नेतले यस कदमको स्वागत गरेका छन्।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १० : ०८ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ३ लाख मुनि झरेको

खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत

खोटाङ– खोटेहाङ गाउँपालिकाले चार कृषकसहित उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी तथा

कीर्तिमानी १०० औँ टी-२० खेलमा हङकङसँग फाइनल खेल्दै दीपेन्द्रसिंह ऐरी

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सोमबार

माइतीघरमा जनमत पार्टीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ– जनमत पार्टीले स्थानीय तहको अधिकार तथा स्वायत्तता कार्यान्वयनको माग

शिवपुरी राष्ट्रिय निकुञ्जस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापन जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’लाई

काठमाडौँ– शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द