सर्वदलीय बैठकमा कांग्रेस, एमाले र नेकपाको शीर्ष नेतृत्वले प्रतिनिधि पठाए, श्रम संस्कृति गएन « Khabarhub

सर्वदलीय बैठकमा कांग्रेस, एमाले र नेकपाको शीर्ष नेतृत्वले प्रतिनिधि पठाए, श्रम संस्कृति गएन


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा संघीय संसदका दुवै सदनमा देखिएको गतिरोध अन्त्यका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखेका हुन् । 

रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमाले प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन तथा राष्ट्रि प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् । श्रम संस्कृति पार्टीले भने बैठक नै वहिष्कार गरेको छ ।

बैठकका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका सभापति वा अध्यक्षसहित दुई–दुई जनालाई बोलाइएको भए पनि कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिका शीर्ष नेतृत्व नगएर अन्य नेता सहभागि छन् ।

यस्तै, रास्वपाबाट सभापति लामिछाने, महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा कानुन मन्त्री सोबिता गौतम सहभागि छन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १० : १७ बजे

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता

अमेरिका–इजरायलद्वारा इरानका ऊर्जा सुविधामा आक्रमणको तयारी : रिपोर्ट

वासिङ्टन– अमेरिकाले इरानमाथि दबाब बढाउने उद्देश्यले केही दिनभित्रै इरानका ऊर्जा

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा