सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते « Khabarhub

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको इनरुवामा मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते छन् ।

सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल आज गए राति सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिपरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् ।

प्रहरीका अनुसार टिपर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यलय पकलीले नियन्त्रणमा लिएको छ ।

तीन जना सवार रहेको मोटरसाइकल चालकको लापर्वाही तथा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १० : ३३ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी