रविले डाकेको सर्वदलीय बैठकमा विपक्षीले भने : प्रधानमन्त्रीले जवाफ दिए संसद् खुल्छ « Khabarhub

रविले डाकेको सर्वदलीय बैठकमा विपक्षीले भने : प्रधानमन्त्रीले जवाफ दिए संसद् खुल्छ


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक काठमाडौंस्थित संसद् सचिवालय, सिंहदरबारको सार्वजनिक लेखा समितिको हलमा बसेको छ।

बैठकमा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे सहभागी दलका नेताहरूलाई जानकारी गराएका छन्।

यसका साथै समसामयिक राजनीतिक विषय, दलहरूबीचको संवाद र राष्ट्रिय महत्वका मुद्दाबारे छलफल भइरहेको जनाइएको छ।

बैठकमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले सर्वदलीय बैठकमार्फत संवादको वातावरण सिर्जना भएको भन्दै स्वागत गरेका छन्।

उनीहरूले मुलुकको वर्तमान राजनीतिक अवस्था, संसद्को प्रभावकारी सञ्चालन तथा आपसी सहकार्यका विषयमा धारणा राखेका छन्।

बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले देशको हितविपरीत बोलेको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा आएर जवाफ नदिएसम्म विरोध जारी रहने जानकारी दिए ।

उनले अहिले पनि भारतले नेपालको सीमा मिचिरहेको बताउँदै त्यो सबै कारण प्रधानमन्त्रीको राष्ट्रघाती वक्तव्य भएको पनि उनले बताए ।

संसद्मा जारी गतिरोध अन्त्य गर्ने विषय पनि बैठकको प्रमुख एजेन्डा छ । सभापति लामिछानेले संसद्को अवरोध हटाएर नियमित संसदीय गतिविधि सञ्चालनका लागि साझा समझदारी कायम गर्न आग्रह गरेका छन् ।

बैठकमा विभिन्न दलका नेताहरूबीच यस विषयमा छलफल जारी रहेको र निष्कर्षबारे पछि जानकारी गराइने जनाइएको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १२ : ४३ बजे

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७