पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला « Khabarhub

पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डा गाउँबाट शुक्रबारदेखि हराएका बालकको शव पोखरीमा तैरिरहेको अवस्थामा आज फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार शुक्रबार साँझ ५ बजेतिर आफ्नै घर छेउमा खेल्दाखेल्दै अचानक हराएका स्थानीय रोहीत यादवका तीन वर्षीय छोरा मनिकेश यादवको शव सोही ठाउँमा रहेको पोखरीमा फेला परेको हो । 

पोखरीमा तैरिरहेको बोराभित्र राखेको र बच्चाको खुट्टादेखि रहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले बालक मृत अवस्थामा फेला परेको हो । शव बोरामा राखिएको अवस्थामा फेला परेकाले हत्या भएको आशङ्कासहित घटनाको सूक्ष्म अनुसन्धान भइरहेको प्रवक्ता गोलेले बताए । 

यहाँको जलेश्वर नगरपालिका–१२ निवासी आशुतोष यादवका १२ वर्षीय छोरा गौतम यादव गत जेठ ७ र वडा नं ६ का बुधवा मण्डलका १५ वर्षीय छोरा अभय मण्डल गत जेठ १४ गतेदेखि हराइरहेका छन् । दुवै जनाको खोजी भइहरेको छ । 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १ : ०२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी