ज्ञानेन्द्र शाहीले भने : अर्थमन्त्रीले राजद्रोह गरे, संसदीय समितिबाट छानबिन गरौँ « Khabarhub

ज्ञानेन्द्र शाहीले भने : अर्थमन्त्रीले राजद्रोह गरे, संसदीय समितिबाट छानबिन गरौँ


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनको नारा लगाएर आएको अहिलेको सरकार झन् झन् कुशासनको बाटोतिर लागेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गम्भीर प्रश्न उठाए । उनले बजेट निर्माणका क्रममा करका दर हेरफेरलाई राजद्रोहको संज्ञा दिए ।

शाहीले अघिल्लो एमाले र कांग्रेसको सरकार हुँदा पनि प्रश्न उठेकालाई आफैंले छानबिन समिति बनाएर चोख्याउने काम भएको स्मरण गराए ।

‘सत्ता पक्षका माननीयलाई सभामुखमार्फत् म भन्न चाहन्छु, अघिल्ला सरकारका पालामा पनि मन्त्रीले गलत गर्थे, आफैं छानबिन समिति बनाउँथे अनि आफैंले आफैंलाई चोख्याएर ताली पड्काउँथे’, उनले भने ।

शाहीले देशका बहालवाला मन्त्री, पूर्वमन्त्री र अर्थमन्त्रीलाई सरकारले होइन, संसदीय समितिले छानबिन गर्नुपर्ने बताए । ‘मन्त्रीहरूलाई सरकारको छानबिन समिति भनेर चोख्याउने काम नगरौँ । करका दरहरू हेरफेर गर्ने कुरा सानोतिनो होइन’, उनले भने, ‘करका दर हेरफेरको कुरा अर्थमन्त्री, अर्थ सचिव र राजस्व सचिवलाई मात्रै थाहा हुन्छ। तर अहिले गरिएको बदमासी सानोतिनो छैन ।’

वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकार कुशासनको बाटोमा हिँडेको उनले बताए । ‘सुशासनको नाराको आडमा बनेको यो सरकार कुशासनतिर नलागोस् । मन्त्रीमाथि छानबिन हुन्छ भने संसदीय समितिले गर्छ। आफैं छानबिन गर्ने आफैं निर्दोष रहेको भन्ने हो भने यो जस्तो गम्भीर अपराध केही हुँदैन’, उनले भने, ‘संसदीय छानबिन समिति बनाएर अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ, बजेट र करका दरमा गरिएको तोडमोड राजद्रोह हो ।’

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १ : ३२ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी