उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन « Khabarhub

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा फसेको छ । सामान्य प्याकिङ गर्न बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँ बराबरको सिमेन्ट समेत गोदाममै थन्किएको छ । 

उदयपुर सिमेन्ट उद्योगमा प्याकिङ बोरा अभाव हुँदा करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट अलपत्र परेको हो । देशकै पुरानो तथा सरकारी स्वामित्वको उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्ट उद्योग अहिले आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र श्रमिक समस्याले थलिएको अवस्थामा पुगेको हो । 

उद्योगका अनुसार हाल उद्योग परिसरमा करिब ८२ हजार बोरा बराबरको सिमेन्ट मौज्दात रहेको छ । त्यसमध्ये करिब ५० हजार बोरा तयारी सिमेन्ट गोदाममै थन्किएको छ भने थप २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिन्कर मौज्दात अवस्थामा रहेको जनाइएको छ । उत्पादन भएर तयार भइसकेको सिमेन्ट बजार पठाउन नसक्दा उद्योगको आर्थिक अवस्था झन् कमजोर बन्दै गएको छ ।

उद्योग प्रशासनले प्याकिङका लागि आवश्यक बोरा खरिद गर्नसमेत रकम अभाव भएको जनाएको छ । उद्योग प्रशासन प्रमुख गम्भिरजङ खत्रीका अनुसार प्रतिवोरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा हाल थन्किएको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख रुपैयाँ पुग्ने बताइएको छ । उनका अनुसार उद्योग प्राविधिक कारणले नभई आर्थिक अभावका कारण बन्द अवस्थामा पुगेको हो ।

यता उत्पादन विभागले पटक–पटक बोरा व्यवस्थापन गर्न आग्रह गरे पनि प्रशासनबाट प्रभावकारी पहल नभएको गुनासो गरेको छ । समयमै प्याकिङ र व्यवस्थापन हुन नसक्दा प्याकिङ हाउसमा छरिएको झण्डै ५ हजार बोरा बराबरको सिमेन्ट पूर्ण रूपमा नष्ट भएको उद्योगको भनाइ छ ।

उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरले करिब १५ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । दैनिक जीवन सञ्चालन गर्न कठिन भएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

आर्थिक संकट, मर्मत अभाव, श्रमिक आन्दोलन र कमजोर व्यवस्थापनका कारण उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेपछि यसको भविष्यलाई लिएर स्थानीयवासी तथा सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।  

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  २ : ४५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने