परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन जाँदै  « Khabarhub

परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन जाँदै 


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमण जाने भएका छन्। खनालनिकट स्रोतका अनुसार उनी यही जेठ ३१ गते चीन भ्रमण जान लागेका हुन् ।

उनले असार १ र २ गते चीनका विदेशमन्त्री वाङ यी तथा चिनिँया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यसूची छ। 

आर्थिक सहायता, दुई देशबीचको सम्बन्ध अर्थनीति लगायत विषयमा कुराकानी हुने बताइएको छ। दुई देशबीचको पारस्परिक सम्बन्ध र व्यापार सम्बन्धमा पनि परराष्ट्रमन्त्री खनालले उच्च तहको भेटवार्ता गर्ने स्रोतको दाबी छ। 

प्रधानमन्त्री वालेन्द्र शाहले असारमा भारत भ्रमण गर्ने तयारी छ। त्यसपछि उनी चीनसमेत जाने तयारी गरिरहेका छन्। 

गत शुक्रबार भारत गएका परराष्ट्रमन्त्री खनाल आइतबार फर्किएका थिए। उनी भारतबाट फर्केको केही दिनमै चीनतर्फ जान लागेका हुन्। 

उनले जेठ ३१ गते चीन जाने गरी तयारी गरिरहेका छन् । उनी जेठ ३१ गते चीन गएर असार ३ गते फर्किने कार्यसूची छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  २ : २० बजे

सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ

भद्रपुर– नेपाल-भारत सीमानाका काँकरभिट्टाबाट अवैध रूपमा भित्र्याइएका तथा उपभोगका लागि

‘गटर जेनेरेसन’ देखि थप्पड काण्डसम्म : किन बारम्बार विवादमा तानिन्छिन् कंगना रनौत ?

काठमाडौं- बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) सांसद कंगना

विष्णु र शंकर एकजुट हुँदा ओलीको योजना उल्टियो, बागमतीमा जगन्नाथ नै मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं– बागमती प्रदेशको नयाँ सरकार गठनअघि नेकपा एमालेभित्र मुख्यमन्त्री चयनलाई

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं– सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’का

प्रदर्शनमा दुर्व्यवहार गर्ने युवालाई माफी दिन चाहन्छु : मोदी

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै देशका विभिन्न भागमा भएका युवा