सरकारले गर्‍यो २३ सचिवको जिम्मेवारी हेरफेर « Khabarhub

सरकारले गर्‍यो २३ सचिवको जिम्मेवारी हेरफेर


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरेसँगै सचिवहरूको व्यापक सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ।

नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत भएसँगै पुरानो संरचना अनुसार मिलाइएका सचिव दरबन्दी पुनः समायोजन गरिएको हो । नयाँ व्यवस्थाअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २३ जना सचिवको पदस्थापन तथा जिम्मेवारी परिवर्तन गरिएको छ ।

सरकारले दुई सचिव दरबन्दी भएका मन्त्रालयहरूमा एक मात्र कायम गर्ने निर्णय गरेपछि प्रशासनिक संरचनामा पुनर्संयोजन गरिएको हो । यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई–दुई जना सचिव कार्यरत थिए ।

नयाँ निर्णयअनुसार सचिव भूपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चिरञ्जिवी चटौतलाई नेपाल ट्रष्टको कार्यालय र सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ।

त्यस्तै, छ जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। अतिरिक्त समूहमा लोकनाथ पौडेल (साविक युवा तथा खेलकुद मन्त्रालय), कृष्णहरि पुष्कर (उपराष्ट्रपति कार्यालय), हरिप्रसाद मैनाली (सार्वजनिक खरिद अनुगमन कार्यालय), डा. गोविन्दप्रसाद शर्मा (साविक वन तथा वातावरण मन्त्रालय), डिल्लीराम शर्मा (साविक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) र डण्डुराज घिमिरे (हाल निलम्बन) रहेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार अतिरिक्त समूहमा रहेका सचिवमध्ये डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारी दिइएको छ। साथै, अर्को एक सचिवलाई सूचना प्रविधि (आईटी) समन्वयको जिम्मेवारी दिने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ५ : ०० बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी