हुम्ला र बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न निर्देशन « Khabarhub

हुम्ला र बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न निर्देशन


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकमा सभापति जयन्तीदेवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता, प्रशासन र सम्बन्धित निकायबीच बृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिएका हुन् ।  

छलफलमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन) मा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा आएको जानकारी दिए । साथै, बैठकमा उपस्थित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी दिए ।
 
महानिरिक्षक कार्कीले प्रहरीसँग प्रयाप्त स्रोतसाधानको अभाव भएकाले अस्थायी संयुक्त सुरक्षा वेस बनाउन गृहकार्य भइरहेको बताए। 

उनले घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रक्रिया तीव्र रुपमा अगाडि बढेको बताए । सशस्त्र प्रहरी बल महानिरीक्षक नारायणदत्त पौडेलले भौगोलिक रुपमा हुम्ला र बाजुराको सिमानामा पर्ने उक्त थलो निकै दुर्गम भएको बताए। 

बैठकमा सांसद्, नारायणदत्त मिश्र, रोशनी मेचे, श्रीकृष्णप्रसाद अधिकारी, सोनाम गेल्जेन शेर्पा, किरणबाबु श्रेष्ठ, धर्मेन्द्र पासवानले सीमा विवादका कारण उब्जिएको विवादलाई छिटो र दीर्घकालीन रुपमा समाधान गर्न सुझाव दिएका थिए ।

जेठ ३ गते बाजुराको हिमाली गाँउपालिका–३ लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयबीच विवाद सुरु भएको थियो । विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइतेसमेत भएका थिए ।
 

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ६ : ०१ बजे

पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई

राधास्वामी होल्डिङ सेन्टरमा दुई घण्टा बिताउँदा जे देखियो

काठमाडौं- ‘आफन्त भेट्न आउनुभएको हो ?’ कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रम

एमालेमा अनेक हुन्छ : आफ्नै निर्देशनविपरीत अन्तिम समयमा ओलीको हस्तक्षेप, मन्त्रीको शपथ लिन तयार भएकाहरू जिल्लिए

धनगढी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुन्डूबाट सुदूरपश्चिम

विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत्