काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेर र करसम्बन्धी सूचना लिक गरेको गम्भीर आरोप लागेको भन्दै पदबाट हट्नुपर्ने माग गरेका हुन् ।
यो विषय सोमबार प्रतिनिधिसभाको बैठकमा समेत उठेको थियो थियो । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर दर हेरफेरसम्बन्धी सूचना चुहावट हुनु गम्भीर विषय भएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका थिए।
त्यस्तै नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले आर्थिक विधेयकका १६ पृष्ठ गायब भएको र कर संरचनामै परिवर्तन भएको आरोप लगाएकी थिइन्।
यसैबीच, अर्थ मन्त्रालयले संसद्मा पेस गरिएको आर्थिक विधेयक र आफ्नो वेबसाइटमा राखिएको संस्करणबीच फरक देखिएको विषयले पनि विवाद थप चर्किएको छ। संसद्मा पेस गरिएको विधेयक र सार्वजनिक गरिएको संस्करणमा पृष्ठ संख्या र करसम्बन्धी व्यवस्था फरक देखिएको दाबी गरिएको छ।













प्रतिक्रिया