‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु « Khabarhub

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।

मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो ।

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ ।

मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरुपण गरी विद्युत् सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको छ ।

विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ८ : २० बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व