जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै « Khabarhub

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि ध्वस्त भएको छ ।

भदौ २४ गते भएको हिंसात्मक घटनामा सम्मेलन केन्द्रको मुख्य सभाहलमा आगलागी हुँदा छत नै खसेको छ भने सिसा, भित्री संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ ।

सरकारी संरचना भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तथा भदौ २० देखि २२ गतेसम्म नेकपा एमालेको विधान महाधिवेशन यही हलमा आयोजना गरिएको विषयलाई बहाना बनाएर प्रदर्शनकारीहरूले सम्मेलन केन्द्रलाई निसाना बनाएको बताइएको छ।

गोदावरीको ४३ रोपनी १५ आनामा निर्माण गरिएको उक्त सम्मेलन केन्द्र करिब तीन हजार दर्शक तथा सहभागी अट्ने क्षमताको छ । शहरी विकास मन्त्रालयले २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री ओलीबाट भवनको शिलान्यास गराएको थियो भने २०७८ वैशाख ३१ गते प्रधानमन्त्री ओलीले नै भर्चुअल माध्यमबाट यसको उद्घाटन गरेका थिए।

सुरुमा करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण सम्झौता भएको परियोजनाको लागत बढेर झन्डै ८१ करोड रुपैयाँ पुगेको थियो। केसी–समानान्तर जेभीले निर्माणको ठेक्का पाएको यस परियोजनाको निर्माण अवधि दुई पटक थप गरिएको थियो।

२०७८ असारदेखि सम्मेलन केन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति मार्फत सञ्चालन हुँदै आएको थियो। सम्मेलन केन्द्रका लागि मुआब्जा दिएर अधिग्रहण गरिएको जग्गामध्ये १ सय रोपनी १ आना ३ पैसा जग्गा अतिक्रमणमा परेको विषय पनि यसअघि उठ्दै आएको थियो।

सरकारी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन सञ्चालनका लागि निर्माण गरिएको यो आधुनिक पूर्वाधारमा भएको क्षतिले राज्यलाई ठूलो आर्थिक नोक्सानी पुगेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १० : ०५ बजे

प्रवेशाज्ञा दस्तुरबापत दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर– प्रवेशाज्ञा (भिसा) दस्तुरबापत गत आर्थिक वर्ष २०८२/८३ मा दुई

कुलमानको आरोप- स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिए, कर्मचारीलाई निराश बनाए

काठमाडौं– उज्यालो नेपाल पार्टीले वर्तमान सरकार सस्तो प्रचारमुखी कार्यमा बढी

इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न संयुक्त प्रयासको आह्वान

तेहरान- इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा

श्रेष्ठको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

इस्लामावाद- पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक बाढीका कारण