वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी « Khabarhub

वैज्ञानिकको सक्रियताले कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास छ : मन्त्री चौधरी


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाटन– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास रहेको बताएकी छन् ।

नेपाल कृषि अनुसन्धान परिषद्वारा आज आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री चौधरीले नियुक्त भएर आएका वैज्ञानिकहरूलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गरिन् ।

‘नार्क र कृषि क्षेत्रमा सुधारको आवश्यकता छ, विगत केही वर्षदेखि परिषद्भित्र आन्तरिक जटिलता, संरचनागत समस्याका कारण आफ्नो अस्तित्वको परीक्षाको घडीमा गुज्रिसकेको छ । मन्त्रालयले यसलाई उच्च महत्त्व दिँदै आए पनि आजसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र कोर्न सकिराखेको छैन, हाम्रो राष्ट्रको सबैभन्दा ठूलो विकासको आधार कृषि क्षेत्र हो, सुधारका लागि तपाईँहरू जस्ता वैज्ञानिकहरूको महत्त्वपूर्ण जिम्मेवारी रहनेछ’, उनले भनिन् ।

मन्त्री चौधरीले वैज्ञानिकहरूको कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने जानकारी गराउँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको बताइन् ।  इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिकहरूले मात्र परिषद्को नेतृत्व गर्ने अवसर पाउने उनले बताइन् । 

नेपाल कृषि अनुसन्धान परिषद्का कायममुकायम निर्देशक डा श्रीमत श्रेष्ठले योजना, अनुगमन, प्रशासनिक गतिविधि,  आर्थिक अनुशासन र अध्ययन अनुसन्धानका विषयमा पाँच दिनसम्म अभिमुखीकरण हुने जानकारी गराउँदै वैज्ञानिकहरूले किसानहरूसँग भएको वर्षौंदेखिको अनुभव, अनुभूतिलाई आत्मसात् गर्दै वैज्ञानिकसँग भएको ज्ञानमा आधारित रहेर नवप्रवर्तनमा जोड दिनुपर्ने धारणा राखे ।

नार्कले नवनियुक्त ४४ वरिष्ठ वैज्ञानिक र २७ वैज्ञानिकका लागि पाँच दिनको अभिमुखीकरण सुरू गरेको हो । 

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ४ : ०४ बजे

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल