आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी « Khabarhub

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको संकेत दिएका छन् । उनले अमेरिकाले इरानमाथि यसअघि नै कडा प्रहार गरिसकेको दाबी गर्दै आवश्यक परे फेरि पनि बल प्रयोग गर्ने चेतावनी दिएका हुन् ।

टर्कीमा आयोजित नेटो शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथि थप आक्रमण हुन सक्ने बताएका हुन् ।

उनले अमेरिकाले इरानमाथि निकै कडा प्रहार गरिसकेको उल्लेख गर्दै आवश्यक परे फेरि पनि सैन्य कारबाही गरिने बताए । साथै, आफूले यसअघि नै इरानी अधिकारीलाई चेतावनी दिइसकेको पनि उनको भनाइ थियो ।

ट्रम्पले हालसम्म अमेरिकाले इरानका सबैभन्दा महत्वपूर्ण लक्ष्यमा आक्रमण नगरेको दाबी गर्दै भविष्यमा पुल, समुद्री पानी शुद्धीकरण केन्द्र (डिसेलिनेसन प्लान्ट) लगायतका पूर्वाधार निशानामा पर्न सक्ने संकेत दिए ।

यस्तै, उनले इरानको प्रमुख तेल निर्यात केन्द्र मानिने खार्ग टापुमाथि पनि अमेरिका नियन्त्रण स्थापित गर्न सक्ने दाबी गरे । त्यस्तो अवस्था आए इरानले त्यसको प्रभावकारी प्रतिकार गर्न नसक्ने उनको भनाइ थियो ।

यसअघि बुधबार नै ट्रम्पले इरानसँगको शान्ति प्रक्रिया समाप्त भएको घोषणा गरेका थिए । उनले इरानसँग भइरहेको वार्तालाई समयको बर्बादीको संज्ञा दिँदै वार्ताकारहरूले अनावश्यक रूपमा समय खेर फालिरहेको टिप्पणी गरे ।

ट्रम्पले इरानी नेतृत्वमाथि पनि कडा टिप्पणी गर्दै उनीहरूलाई ‘खराब मानिस’ भन्दै अब आफू उनीहरूसँग वार्ता गर्न इच्छुक नरहेको बताए। उनका अनुसार इरानी अधिकारीहरू झूट बोल्ने र विश्वास गर्न नसकिने प्रकृतिका छन् ।

उनले वार्ताकारहरूले चाहे संवाद जारी राख्न सक्ने भए पनि त्यसबाट कुनै परिणाम ननिस्कने दाबी गरे ।

केही साताअघि मात्रै इरानसँगको वार्ताप्रति आशावादी देखिएका ट्रम्प पछिल्ला अभिव्यक्तिमा भने निकै आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनको पछिल्लो भनाइले अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत गरेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १० : २४ बजे

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश