औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा « Khabarhub

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी करिब रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिअनुसार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले अस्पतालमा औषधि आपूर्ति नभए पनि बिलबिजक सफ्टवेयरमा प्रविष्ट गर्ने, मौज्दात नभएका औषधिलाई कम्प्युटरमा स्टक देखाउने तथा म्याद गुज्रिएका औषधिको व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ ।

अनुसन्धानका क्रममा अस्पतालको फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यमा तयार गर्नुपर्ने ट्रायल ब्यालेन्स तयार नगरेको तथा महालेखा परीक्षकको आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदनले समेत उक्त अनियमितता औँल्याएको आयोगले जनाएको छ ।

यसैगरी, आपूर्तिकर्तासँग भएको सम्झौताअनुसार म्याद गुज्रिएका वा बिक्री नभएका औषधि फिर्ता गरी प्रतिस्थापन गर्नुपर्ने व्यवस्था हुँदाहुँदै सम्बन्धित कर्मचारीहरूले औषधि फिर्ता नगरी, सोधभर्ना नलिई तथा धितो रकम कट्टा हुनुपर्ने अवस्थामा समेत गलत जानकारी दिएर धितो फिर्ता गराएको अनुसन्धानबाट खुलेको आयोगको भनाइ छ ।

अस्पतालको मेडिकल डिभिजन प्रमुखको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा रु दुई करोड ९१ लाख ३४ हजार बराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुगेको पुष्टि भएको आयोगले जनाएको छ ।

यस प्रकरणमा फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुङ्गाना, फार्मेसी सहायक लवेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल, स्टोरकिपर तथा वरिष्ठ फार्मेसी सहायक शमीला श्रेष्ठ, स्टोरकिपर तथा फार्मेसी सहायक केशवराज न्यौपाने तथा स्टोरकिपर तथा फार्मेसी सहायक सन्दीप तिवारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १० : ५३ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा