ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी « Khabarhub

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी बढेको गुनासोपछि सरकारले काठमाडौँ उपत्यकाका ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ। गृह र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि निगरानी थालिएको हो।

भारतबाट ग्यास आयात नियमित रहे पनि बजारमा कृत्रिम अभाव देखाई बढी मूल्यमा बिक्री भइरहेको सूचना उद्योग मन्त्रालयमा पुगेको थियो। उद्योगमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङले अनुगमन र निगरानीका लागि सादा पोसाकका प्रहरी खटाउन निर्देशन दिनुभएको हो।

प्रहरीले ग्यास लुकाउने, तोकिएको भन्दा बढी मूल्य लिने र कालोबजारी गर्नेमाथि कडा कारबाही गर्ने जनाएको छ। उपत्यकामा सुरु गरिएको यो अनुगमन आवश्यकताअनुसार अन्य जिल्लाहरूका बिक्री केन्द्रसम्म विस्तार गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : २१ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान