ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी « Khabarhub

ग्यासमा कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकमा प्रहरी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव र कालोबजारी बढेको गुनासोपछि सरकारले काठमाडौँ उपत्यकाका ग्यास डिपोहरूमा सादा पोसाकका प्रहरी परिचालन गरेको छ। गृह र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि निगरानी थालिएको हो।

भारतबाट ग्यास आयात नियमित रहे पनि बजारमा कृत्रिम अभाव देखाई बढी मूल्यमा बिक्री भइरहेको सूचना उद्योग मन्त्रालयमा पुगेको थियो। उद्योगमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङले अनुगमन र निगरानीका लागि सादा पोसाकका प्रहरी खटाउन निर्देशन दिनुभएको हो।

प्रहरीले ग्यास लुकाउने, तोकिएको भन्दा बढी मूल्य लिने र कालोबजारी गर्नेमाथि कडा कारबाही गर्ने जनाएको छ। उपत्यकामा सुरु गरिएको यो अनुगमन आवश्यकताअनुसार अन्य जिल्लाहरूका बिक्री केन्द्रसम्म विस्तार गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : २१ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान