विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड « Khabarhub

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताएका छन्। विश्व आदिवासी जनताको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो कुरा बताएका हुन्।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक र सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि सङ्घर्षलाई सशक्त बनाउनुपर्नेमा प्रचण्डले जोड दिएका छन्।

सबै जाति, भाषा, संस्कृति र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानपूर्ण सहभागिताबाट मात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण सम्भव हुने उहाँको भनाइ छ। दिवसले अधिकार, समानता र न्यायको सङ्घर्षलाई अघि बढाउने प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  १० : ०० बजे

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच