अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक ! « Khabarhub

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

नयाँ निर्देशक र कलाकारले मारेको बाजी


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन् । त्यसैलाई ‘माउथ पब्लिसिटी’ भनिँदै आएको हो ।

प्रचारमा जति फन्डा गरे पनि कन्टेन्टमा दम नभएका फिल्महरू बक्स अफिसमा पछारिने नै हुन् । स्टार नायक-नायिका पनि अब फिल्म चल्ने कारक रहेनन् ।

प्रदर्शनरत ‘गौँथली’ले फेरि स्पष्ट पारेको छ- दर्शकले कथा नै हेर्न चाहेका छन् ।

‘गौँथली’का नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का दुवै स्टार कलाकार होइनन । डा. कपिल रिजाल पनि सेलिब्रिटी निर्देशक होइनन् ।

अझ निर्देशक त दन्त चिकित्सक हुन् । फिल्म मेकिङ उनका लागि फगत प्यासन हो ।

यी कारणले पनि ‘गौँथली’ हलमा लाग्दै गर्दा धेरैले ‘हिट हुने आधार’ देखेका थिएनन् । किनकि हिट हुनका लागि चाहिने ट्रेडिसनल मानक यस फिल्ममा थिएन । जस्तो– स्टार कलाकार, चटपटे संवाद र प्रचारका विभिन्न फन्डा ।

तर, कुनै फिल्म यसरी ‘अन्डरडग’ साबित हुन्छन् कि– ठूला ब्यानारका बलिया कीर्तिमान हलचल हुन्छन् । समग्र फिल्म क्षेत्रले ‘अन्डरडग’ फिल्मको प्रभाव कमै अनुभव गर्न पाउँछ ।

त्यो ‘अन्डरडग’ फिल्म हो- गौँथली ।

यसकारण गौँथली ‘अन्डरडग’

नयाँ निर्देशकले नयाँ कलाकार लिएर बनाएको फिल्म हो– गौँथली ।

प्रचारमा पनि साह्रो तडकभडक भएन । प्रदर्शनअघिका दिनसम्म ‘गौँथली’ इन्डस्ट्रीले हिट अपेक्षा गरेको फिल्म होइन ।
विदेशी फिल्मका कारण हलहरूले यस फिल्मको शो संख्या कटौती गरेको यथार्थ पनि छ ।

तर, भयो के ? ‘गौँथली’ बन्यो ब्ल्कबस्टर ।

निर्माण पक्षकाअनुसार प्रदर्शनको सुरुवाती २३ दिनमा यो फिल्मको व्यापार १९ करोड कटेको छ ।

‘गौँथली’ले बक्स अफिसमा छक्का पञ्जा टिमले बनाएको सबै फिल्मलाई उछिनेको छ । ‘छक्का पञ्जा’ टिमले बनाएको सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘छक्का पञ्जा ४’ हो । त्यसले १७ करोड ५३ लाख ग्रस कलेक्सन गरेको छ ।

यससँगै ‘गौँथली’ सर्वाधिक व्यापार गर्ने चौथो फिल्म बनेको छ । यसले २१ करोड व्यापार गरी सर्वाधिक ग्रस कलेक्सन गर्ने दोस्रो फिल्म ‘कबड्डी ४’लाई उछिन्ने छनक देखाएको छ ।

‘गौँथली’ले सतप्रतिशत हिट फिल्म दिने बजारका दुई सफल ब्यानर ‘छक्का पञ्जा टिम’ र ‘जात्रा सिरिज’ निर्माण गर्ने षट्कोण आर्टस्लाई ग्रस कलेक्सनमा उछिनेको छ ।

‘गौँथली’ अफ सिजनमा रिलिज भएको फिल्म हो । प्रायः मेकरहरू लामा छुट्टी र सार्वजनिक बिदा हेरेर फिल्म हलमा लैजान्छन् । अझ, असार र साउनमा वर्षाको डरले फिल्म हलमा लगाउन उचित ठान्दैनन् ।

तर, साउनै प्रदर्शनमा आएर फिल्मले ब्ल्कबस्टर व्यापार गरेको छ । त्यसकारण पनि यो फिल्म ‘अन्डरडग’ हो ।

अन्तर्वार्ताको रणनीति सफल

यो फिल्मको हाइप बढाएको जस अरुण र सिम्रनले नै लिन पाउँछन् ।

फिल्ममा निर्वाह गरेकै चरित्रमा अन्तर्वार्ता दिएपछि यो फिल्मप्रति दर्शकको चासो बढेको हो । पत्रकार प्रकाश सुबेदीसँगको उक्त अन्तर्वार्ताबाट स्रिमन र अरुण दुवैले दर्शकबाट सहानुभूति बटुलेका थिए ।

यसको असर बुकिङमा देखियो । त्यसपछिको माउथ पब्लिसिटीले यो फिल्मको व्यापार हरेक साता बढ्दै छ ।

तेस्रो साता अर्थात् साउन १७ देखि २३ गतेसम्म यो फिल्मको व्यापार ७ करोड छ । जुन अघिल्ला साताका सरह हो ।

अरुणको व्यस्तता

अरुण लामो समयदेखि संघर्षरत नायक हुन् ।

उनी शीर्ष भूमिकामा देखिएको पहिलो फिल्म नै ‘गौँथली’ हो । तर, यो उनको पहिलो फिल्म होइन ।

यो हिट भएपछि एकै निर्देशकसँग उनले दुई फिल्मका लागि साइन गरेका छन् ।

अरुणले निर्देशक मिलन चाम्ससँग दुई बायोपिक ‘म मदनकृष्ण’ र अनटाइटल फिल्म हरिवंशको बायोपिकका लागि साइन गरेका हुन् ।

लेजेन्ड कलाकार हरिवंशको भूमिकाका लागि उनी दुवै फिल्ममा फाइनल भएको मिलनले बताए ।

‘गौँथली’ हरेपछि अरुणमा सम्भावना देखेकाले बायोपिकमा लिने निर्णय गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ४ : ०२ बजे

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११