ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन « Khabarhub

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रको छड्के अनुगमन सुरु गरेको छ । 

धनकुटा बजारमा केही दिनयता खाना पकाउने ग्यासको अभाव सुरु भएपछि प्रशासन र प्रहरीले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन् । 

सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले धनकुटा बजारका ग्यास डिलरको अनुगमन गरेको हो । 

अनुगमनका क्रममा डिलरमा ग्यासको मौज्दात कम रहेको पाइएको र डिलर सञ्चालकले कम्पनीबाटै आवश्यकताअनुसार ग्यास नआएको सहायक प्रजिअ न्यौपानेले जानकारी दिए ।

ग्यासको अभाव हुने हल्ला भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चित गर्ने गरेका कारण बजारमा थप अभाव भएको पाइएको उनले बताए । 

अनुगमनका क्रममा प्रशासनले एउटा परिवारलाई एकपटकमा एउटा मात्रै ग्यास सिलिन्डर उपलब्ध गराउन डिलर सञ्चालकहरुलाई निर्देशन दिएको छ । 

ग्यास पुन डिलरमा आएपछि प्रशासनलाई जानकारी गराउन, प्राप्त ग्यासको परिमाणको विवरण बुझाउन र उपभोक्तालाई समानुपातिक रुपमा वितरण गर्न डिलरलाई निर्देशन दिइएको सहायक प्रजिअ न्यौपानेले बताए । 

डिलरबाट सहज रुपमा ग्यास उपलब्ध नभएपछि उपभोक्ताले किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास खरिद गर्नुपरेको गुनासो आएको उनको भनाइ छ । 

त्यसपछि प्रशासनले आधिकारिक डिलर तथा बिक्री केन्द्रबाट मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको हो । बजारमा ग्यासको आपूर्ति र वितरण अवस्थाबारे अनुगमनलाई निरन्तरता दिने स्थानीय प्रशासनले जनाएको छ ।

डिलर सञ्चालकहरूका अनुसार कम्पनीबाट कम परिमाणमा ग्यास आउने र आएको ग्यासले सबै उपभोक्ताको माग धान्न नसक्दा समस्या भएको हो । 

कम्पनीले पठाएको परिमाणअनुसार ग्यास ल्याएर बिक्री गरिरहेको तर, केही डिलरले पर्याप्त ग्यास ल्याउन नसक्दा बजारमा अभाव देखिएको कोसी ग्यास डिलर गुठीटारका सञ्चालक लेखबहादुर राई बताउनुहुन्छ । 

यस्तै रिजाल ग्यासका बिक्रेता अधिकारी ट्रेडर्स देब्रेबासका सञ्चालक होमप्रसाद अधिकारीले पनि कम्पनीबाटै मागअनुसार ग्यास नआएका कारण समस्या भएको बताए । 

उनका अनुसार कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग बढी हुँदा आएको ग्यासले सबैलाई पुर्‍याउन कठिन भएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ७ : ३८ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान