विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह « Khabarhub

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह


२४ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका कारण पार्टीभित्रको विवाद झन् बढेको र त्यसले कांग्रेसलाई कमजोर बनाएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले आफूहरूले यसअघि नै विशेष महाधिवेशनको बाटो रोज्न नहुने सुझाव दिँदै आए पनि त्यसलाई बेवास्ता गरिएको बताए । विशेष महाधिवेशन अघि बढेपछि पार्टीभित्रको विवाद समाधान हुनुको सट्टा कांग्रेस थप विभाजन र ध्रुवीकरणतर्फ गएको उनको भनाइ छ ।

सिंहले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि विशेष महाधिवेशन उपयुक्त विकल्प नभएको बताए । उनका अनुसार अहिले कांग्रेसको नियमित महाधिवेशनको समयसमेत नजिकिइसकेको अवस्थामा पार्टी नेतृत्व चयन पनि नियमित प्रक्रियाबाटै गरिनुपर्छ।

लोकप्रियता र कार्यकर्ताको समर्थन हासिल गरेका नेताले नियमित महाधिवेशनमार्फत नेतृत्वमा पुग्दा पार्टी थप बलियो बन्ने सिंहले धारणा राखे । पार्टीलाई कमजोर बनाउने गतिविधिभन्दा पनि आन्तरिक एकता कायम गर्दै संगठनलाई अघि बढाउनुपर्नेमा उनले जोड दिए।

पार्टीभित्र बढेको विवाद र गुटगत ध्रुवीकरणले संगठनमा समेत नकारात्मक असर पार्ने उल्लेख गर्दै सिंहले नेतृत्व र कार्यकर्ताबीच सहमति तथा विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए ।

कांग्रेसको संस्थागत संरचना र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। पार्टीलाई गुट र विभाजनको राजनीतिभन्दा माथि उठाएर एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा सिंहले जोड दिए ।

यसैबीच, कांग्रेसभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो पक्षले न्याय पाउने विश्वाससमेत सिंहले व्यक्त गर्नुभएको छ। उहाँले पार्टीभित्रको वर्तमान विवाद समाधान गर्दै कांग्रेसलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : ४६ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्