भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा « Khabarhub

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म चल्न गाह्रो हुन्छ भन्ने मान्यता छ । तर चलचित्र ‘हनुमान अंश’ ले यही मान्यतालाई गलत साबित गर्दै भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हात पारेको छ । 

करिब २ करोड भारुको बजेटमा बनेको यो आध्यात्मिक फिल्मले प्रदर्शनको चौथो सातासम्म आइपुग्दा ब्लकबस्टरको यात्रा तय गरेको हो।

नीम करोली बाबाको जीवन तथा दर्शनबाट प्रेरित यो फिल्मले सुरुवाती दुई सातामा भने खासै प्रभाव पार्न सकेको थिएन । अगस्ट ७ मा रिलिज भएको फिल्मले पहिलो दिन जम्मा १० लाख भारु कमाउँदै बक्स अफिस यात्रा सुरु गरेको थियो । पहिलो सातामा यसको नेट कलेक्सन १.०८ करोड भारु रह्यो भने दोस्रो सातामा थप ४० लाख भारु मात्र जोडियो। अर्थात् दुई सातापछि फिल्मको कुल कमाइ १.४८ करोड भारुमा सीमित थियो । 

तर तेस्रो साताबाट फिल्मको व्यापारले अचानक गति समात्यो। तेस्रो सातामा १०.४० करोड भारु नेट कमाएको फिल्मले चौथो सातामा भने ६१ करोड भारुको शानदार व्यापार गरेको दाबी गरिएको छ। यससँगै फिल्मको भारतमा कुल नेट कमाइ १३१ करोड भारु पुगेको बताइएको छ ।

ठूला स्टार र व्यापक प्रचारबिना दर्शकको रुचिका कारण फिल्मले पाएको यो सफलता अहिले फिल्म क्षेत्रमा चर्चाको विषय बनेको छ। अब यही चर्चित चलचित्र शुक्रबारदेखि नेपालमा पनि प्रदर्शनमा आउने तयारीमा छ । भारतीय दर्शकबाट पाएको बलियो साथपछि नेपाली दर्शकले ‘हनुमान अंश’लाई कस्तो प्रतिक्रिया दिन्छन् भन्ने चासो बढेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  २ : ३१ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन