नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित « Khabarhub

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)मा आज जित हात पारेको छ । चार खेलमा अन्नपूर्णको यो तेस्रो जित हो ।

एक्सट्रिम इनर्जी ड्रिङ्कको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ अङ्कको सोझो सेटमा पराजित गर्यो । अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।

पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ सेटमा पराजित अन्नपूर्णले लगातार जित हासिल गर्दै आएको छ । अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० तथा मधेस वारियर्सलाई ३–१ सेटले हराएको थियो । खप्तडको भने चार खेलमा यो लगातार हार हो । हारसँगै खप्त प्रतियोगिताबाट बाहिरिएको छ । खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रोमा कर्णाली र तेस्रोमा मधेससँग समान ३–० को सोझो सेटमा हारेको थियो ।

नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा छ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।

नेपाल भलिबल लिगको कूल पुरस्कार राशि रु ३२ लाख रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले रु २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल खेल यही भदौ २७ गते हुनेछ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ९ : २६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको