नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित « Khabarhub

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल)मा आज जित हात पारेको छ । चार खेलमा अन्नपूर्णको यो तेस्रो जित हो ।

एक्सट्रिम इनर्जी ड्रिङ्कको मुख्य प्रायोजन तथा केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले खप्तड फाल्कन्सलाई २५–१५, २५–१५ र २९–२७ अङ्कको सोझो सेटमा पराजित गर्यो । अन्नपूर्णका एन्ख–एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।

पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ सेटमा पराजित अन्नपूर्णले लगातार जित हासिल गर्दै आएको छ । अन्नपूर्णले काठमाडौँ रेड्सलाई ३–० तथा मधेस वारियर्सलाई ३–१ सेटले हराएको थियो । खप्तडको भने चार खेलमा यो लगातार हार हो । हारसँगै खप्त प्रतियोगिताबाट बाहिरिएको छ । खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रोमा कर्णाली र तेस्रोमा मधेससँग समान ३–० को सोझो सेटमा हारेको थियो ।

नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा छ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।

नेपाल भलिबल लिगको कूल पुरस्कार राशि रु ३२ लाख रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले रु २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । पुरुष भलिबलको फ्रेनचाइज लिग नेपालमै पहिलोपटक भएको हो । फाइनल खेल यही भदौ २७ गते हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ९ : २६ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर