ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता « Khabarhub

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय परियोजना सेवा कार्यालय (युएनओपीएस) का एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच भेटवार्ता भएको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीको स्थलगत निरीक्षण गरेर फर्किएको युएनओपीएसको क्षेत्रीय निर्देशकसहितको टोलीसँग आज साँझ ऊर्जा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा मन्त्री श्रेष्ठले अन्तर–मन्त्रालय समन्वय गरेर विनाशकारी बाढीबाट भएको क्षतिको मूल्याङ्कन गरिरहेको र खोज, उद्धार तथा राहतको कामलाई समेत द्रुत गतिमा सञ्चालन गरिरहेको बताएका छन्।

मन्त्री श्रेष्ठले जलवायु परिवर्तनसँग मध्यनजर गरी विकास निर्माण एकीकृत रुपमा योजना बनाएर अगाडि बढ्नुपर्ने र त्रिशूली करिडोरलाई पनि एकीकृत विकास योजनाअन्तर्गत पुनर्निर्माण गर्नुपर्ने आवश्यकता आफूहरुले महसुस गरेको बताए । उनले जलस्रोत र जलविद्युत् परियोजना जलवायुमैत्री बनाउने योजनामा मन्त्रालय रहेको उल्लेख गरे ।

“संसारले नदेखेको विपत्ति नेपालले सामना गर्नुपर्यो, जलवायु परिवर्तनलाई मध्यनजर गरेर यसमा विभिन्न किसिमको विज्ञता, अनुभवको खाँचो छ, यस्तो विपत्तीमा संसारले नै विज्ञता दिनुपर्छ, संसारकै लागि पाठ हुनसक्छ, भोलिका दिनमा संसारले यो भोग्न सक्छ”, मन्त्री श्रेष्ठले भने।

भेटमा युएनओपीएसका क्षेत्रीय निर्देशक नेट्जरले दिर्घकालीन एकीकृत विकासका लागि नेपाललाई सहयोग गर्ने बताए । “हाम्रो विज्ञता र अनुभव नेपालको एकीकृत विकास योजनामा जोड्छौँ, यसका लागि अझै विस्तृत छलफल सम्बन्धित निकायहरुसँग गर्नेछौँ”, उनले भने ।

त्रिशूली करिडोरको दिगो विकास योजनाका लागि अन्तरराष्ट्रिय सहयोगलाई कसरी एकीकृत रुपमा परिचालन गर्न सकिन्छ भनेर पनि आफूहरुले प्राविधिक सहयोग गर्ने उनको भनाइ थियो ।

भेटमा युएनओपीएसका नेपालका लागि प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहु–देशीय निर्देशक चाल्र्स क्यालन, वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टा, एसिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय स्वास्थ्य, सुरक्षा, सामाजिक तथा वातावरणीय विशेषज्ञ रोजा बज्राचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १० : ५७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग