कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ? « Khabarhub

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा शुक्रबार दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ । 

निर्धारित समय तालिका अनुसार बिहान ७ बजे सुरु हुने भनिएको मतदान कार्य तयारीका कारण करिब एक घण्टा ढिला गरी प्रारम्भ भएको थियो । 

महाधिवेशनमा सहभागी कुल ७ हजार २५५ महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन दुई फरक स्थानमा मतदान केन्द्रको व्यवस्था मिलाइएको छ, जसअन्तर्गत प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरू र खुलामञ्चमा बाँकी ६ वटा प्रदेशका साथै विदेशस्थित नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।

मिडिया सेन्टरका प्रमुख जीवन भण्डारीका अनुसार दिउँसो साढे १२ बजेसम्म बागमती प्रदेशबाट ४८७ मत र मधेश प्रदेशबाट ४२२ मत खसेको छ । 

त्यसैगरी कोशी प्रदेशबाट ४१० मत, लुम्बिनी प्रदेशबाट ३८९ मत र गण्डकी प्रदेशबाट ३३० मत खस्दा सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा ६०६ मत खसेको छ । केन्द्रीय निर्वाचन समिति र मिडिया सेन्टरले जनाएअनुसार मतदान प्रक्रिया हाल निर्बाध रूपमा अगाडि बढिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १ : २५ बजे

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल