लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध « Khabarhub

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्ष बनेका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ महाधिवेशनमा बिहीबार मनोनयन दर्ता गरिएको थियो । यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका शर्मा अब प्रतिष्ठानको नेतृत्वमा पुगेका हुन् ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई चयन भएका छन्।

यद्यपि, प्रतिष्ठानको उपाध्यक्ष पदका लागि भने प्रतिस्पर्धा हुने भएको छ। उक्त पदमा खेम सेञ्चुरी, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बीसी, श्रीकृष्ण बम मल्ल, दीपक गरौजा मगर, घनश्याम रिजाल, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लले उम्मेदवारी दिएका छन्।

बिहीबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्षसहित केही पदमा निर्विरोध नेतृत्व चयन भइसकेको छ भने अन्य पदका लागि आज मतदान हुँदैछ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १ : २५ बजे

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ को रूपमा विकास गर्दै सरकार

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल