दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने « Khabarhub

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन र जुनसुकै ब्राण्डका खाली सिलिण्डर सहजै साटफेर गर्न विशेष बिक्री वितरणको व्यवस्था मिलाएको छ । संघले नेपाल आयल निगमको समन्वय तथा ग्यास बिक्रेता महासंघको सहकार्यमा आगामी असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म तोकिएका ६ वटा बिक्री केन्द्रबाट बिहान साढे ९ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म ग्यास बिक्री तथा साटफेर गर्ने निर्णय गरेको हो ।

हाल भारतका विभिन्न रिफाइनरीहरूबाट सहजरूपमा एलपी ग्यासको आयात भइरहेको र भदौ महिनामा मात्रै देशभर ४२ लाख १३ हजार ६६१ सिलिण्डर ग्यास बिक्री वितरण भइसकेको संघले जनाएको छ । उपत्यकामा ग्यासको आपूर्ति सामान्य बन्दै गएको भए पनि दशैं(तिहार जस्ता चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एउटा ब्राण्डको सिलिण्डर अर्को ब्राण्डसँग साट्न नपाएको गुनासो आएपछि संघको ध्यानाकर्षण भएको संघका अध्यक्ष दिवान चन्दले जानकारी दिएका छन् ।

काठमाडौंको सिफलचौरस्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट एभरेष्ट र सुगम ग्यास तथा पेप्सीकोलाबाट सगर ग्यासको साटफेर र बिक्री वितरण गरिने जनाइएको छ । त्यसैगरी बालाजु औद्योगिक क्षेत्रको गेट अगाडिबाट नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, सुकेधाराबाट बाबा र श्री ग्यास, कलंकीबाट साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास साट्ने व्यवस्था मिलाइएको संघले जनाएको छ ।

उल्लेखित ६ वटा तोकिएका स्थानहरूमा काठमाडौं उपत्यकामा बजारीकरण गरिएका संघका सदस्य उद्योगहरूका ग्यास सिलिण्डरहरू मात्र साटफेर गरिने संघले जनाएको छ । यी निश्चित ६ वटा बिक्री केन्द्रहरू बाहेक अन्य कुनै पनि स्थानमा ब्राण्ड साटफेरको सुविधा उपलब्ध नहुने भएकाले तोकिएकै केन्द्रहरूमा सम्पर्क गर्न संघले सर्वसाधारण उपभोक्ताहरूसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : ३३ बजे

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा