व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ « Khabarhub

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग आज छलफल गर्दै उनले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’ को अवधारणा अघि बढाइने बताए ।

गृहमन्त्रीले नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण तथा अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई सहज बनाउन भारत गुणस्तर र नेपाल गुणस्तरबीच मान्यता तथा प्रमाणीकरणसम्बन्धी सहकार्य अघि बढाउने विषय द्विपक्षीय वार्तामा उठाउने प्रतिबद्धता गरे ।

उनले लगानीमैत्री वातावरण तयार गर्न व्यवसायीले राजनीतिनै गर्नुपर्ने बाध्यता अबको सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “लगानीमैत्री वातावरण तयार गर्न सरकारले सबै क्षेत्रमा सुधारको प्रभावकारी पहलकदमी गर्छ, तर स्वच्छ र प्रतिष्पर्धी बजार अनुशासनविरुद्ध हुने व्यवसायीका सबै गतिविधिलाई कानूनी दायरामा ल्याइनेछ”, गृहमन्त्रीले भने ।

छलफलमा उद्योगी, व्यवसायीले व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका समस्या, चुनौती तथा तिनको समाधानका लागि क्षेत्रीय सहकार्य र बिम्स्टेक मञ्चमार्फत अघि बढाउन सकिने पहलबारे सुझाव प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १० : ४४ बजे

बाढीग्रस्त पर्वतको फोर्सेमा सन्नाटा, चाडपर्वले छोएन पीडितलाई (तस्बिर)

बागलुङ– बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न

फूलखेतीले दिलाएको सफलता…

पाल्पा– पाल्पाका खेतबारीमा यतिबेला सयपत्री, मखमलीजस्ता फूल ढकमक्क फुलेका छन्

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक