काठमाडौं– नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको १९ औं खेलमा पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।
त्रिवि क्रिकेट स्टेडियममा आज पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर कर्णाली याक्सलाई बलिङको निम्तो दिएका छन्।
प्लेअफको सम्भावना बलियो बनाउन कर्णालीलाई आजको खेल महत्वपूर्ण रहेको छ । जारी लिगमा चार खेल खेलिसकेको कर्णालीले दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ ।
यस्तै, समान खेल खेलेको पोखरा अहिलेसम्मका चारवटै खेलमा पराजित छ । पोखरा आज पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
यसअघिका संस्करणलाई हेर्ने हो भने कर्णाली र पोखराबीच दुई खेल भएका छन् । जसमा दुवैले एक–एक खेल जितेका थिए ।



















प्रतिक्रिया