काठमाडौं– पोखरा एभेन्जर्सका ब्याटर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा १०० रन पूरा गरेका हुन् ।
कर्णालीविरुद्ध आक्रामक ब्याटिङ गरेका सम्राले शतकीय इनिङ्स खेल्दै पोखराको ब्याटिङलाई मजबुत बनाएका हुन् ।
क्यानडाका ओपनर सम्राको यो एनपीएलमा पहिलो शतक हो ।














प्रतिक्रिया