काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । खेलमा चितवनले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा चितवनका कप्तान सिकन्दर राजाले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । यससँगै अब काठमाडौंले पहिले ब्याटिङ गर्दैछ ।
लिगको अंक तालिकामा ६ अंकका साथ काठमाडौं दोस्रो स्थानमा छ । चितवन भने ५ अंकका साथ चौथो स्थानमा छ ।


















प्रतिक्रिया