काठमाडौंद्वारा चितवनसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत « Khabarhub

काठमाडौंद्वारा चितवनसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा काठमाडौंले चितवनसमक्ष १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा चितवनले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनायो ।

काठमाडौंका लागि रशिद खानले सर्वाधिक ५२ रन बनाए । ३० बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।

त्यसैगरी, काठमाडौंका शोहन अरचिघेले ३३, विलियम बोसिस्टोले २७ तथा करण केसीले २० रन बनाए ।

बलिङतर्फ चितवनका रिजन ढकालले ३ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरी र सिकन्दर राजाले समान २ विकेट लिए भने ड्यान मोस्लीले १ विकेट हात पारे ।

लिगको अंक तालिकामा ६ अंकका साथ काठमाडौं दोस्रो स्थानमा छ । चितवन भने ५ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ६ : ५० बजे

जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ, २५ लाख बरामद

काठमाडौं -प्रहरीले देशका विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई

काठमाडौंद्वारा चितवनसामु १ सय ८१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन

कोप–३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

चितवनविरुद्ध काठमाडौंले गुमायो छैठौँ विकेट, करण आउट

नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोज

सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

काठमाडौँ– नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना