बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ? « Khabarhub

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को हो भन्ने प्रश्न उठाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गरेका छन्।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने जिम्मेवारी एमाले नेतृत्वको सरकारकै भएको उल्लेख गर्दै त्यसलाई जलाउन उक्साउने अभिव्यक्ति कसले दियो भन्ने प्रश्न गरेका हुन्।

‘अब प्रश्न गरौँ, भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो रु र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’ उनले लेखेका छन्।

उनको यो टिप्पणी केही महिनाअघि मेयर बालेन साहले सार्वजनिक बिदाको दिन उनकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएको प्रसङ्गसँग जोडेर आएको हो। त्यसपछि जेन-जी आन्दोलनका क्रममा सिंहदरबार जलाइएको घटनालाई स्मरण गराउँदै पोखरेलले जिम्मेवारीको प्रश्न उठाएका छन्।

पोखरेलको अभिव्यक्तिलाई मेयर बालेन लक्षित टिप्पणीका रूपमा हेरिएको छ। यस विषयमा मेयर साहको तर्फबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : ४९ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना