काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशनको तयारी भृकुटीमण्डपमा तीव्र बनेको छ।
पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि आज बिहानैदेखि भृकुटीमण्डप र आसपासका क्षेत्र सजाउन थालिएको छ। बिहान ५ बजेदेखि नै कार्यकर्ताहरू चार तारे झन्डा र पार्टीका ब्यानरहरू लगाएर कार्यक्रमस्थललाई सिंगारिरहेका छन्।
महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वयंसेवक परिचालन, मञ्च निर्माण, साउन्ड सिस्टम तथा सुरक्षा व्यवस्थापनको कामसमेत एकसाथ अघि बढाइएको छ। पार्टी स्रोतका अनुसार महाधिवेशनमा संगठनात्मक समीक्षा, आगामी राजनीतिक कार्यदिशा र आन्तरिक सुधारका विषयमा गहन छलफल हुने तयारी छ।























प्रतिक्रिया