फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने « Khabarhub

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर गरिने भएको छ । निर्माण पक्षले बिहीबार दरबार मार्गमा एक कार्यक्रमको आयोजना गरी टुर घोषणा र यसबारे जानकारी दिएको हो ।

देशका पाँच मुख्य शहरमा सांगीतिक टुर हुने निर्माण पक्षले बताएको छ । गायक केहरसिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड लुङ्गा’ले सांगीतिक प्रस्तुती दिनेछन् । त्यस कन्सर्टमा फिल्मका नायक अविभेषक खड्का र नायिका आकृती राजभण्डारी पनि उपस्थित हुनेछन् ।

माघ १ गते नेपालगञ्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा कन्सर्ट हुने तय भएको निर्माण पक्षले बताएको छ । यी सबै कन्सर्टको प्रवेश शुल्क नलाग्ने बताइएको छ ।

काठमाडौंको कन्सर्टमा फिल्मको ट्रेलरसमेत सार्वजनिक गरिने जनाइएको छ ।

‘कुमारी’मा समावेश चार गीत ‘डोको बुन्ने’, ‘तिमी बिना’, ‘कता छौं मेरो फूल’ र ‘झ्यालैमा’मा केहरको स्वर रहेको छ ।

यी चारै गीतले युट्युबमा राम्रो भ्युज पाएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ३४ बजे

लाइसेन्स, नागरिकता र पासपोर्ट घर–घरमै पुर्‍याउने बालेन सरकारको योजना

काठमाडौं- वडाबाट सामान्य सिफारिसपत्र बनाउनदेखि संघबाट दिइने सेवा लिन जनताले

कांग्रेसको देउवा पक्षबाट केन्द्रीय समिति बैठक र जिल्ला सभापतिहरुको भेला आह्वान

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा