फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने « Khabarhub

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिनेश राउत निर्देशित फिल्म प्रचारका लागि सांगीतिक टूर गरिने भएको छ । निर्माण पक्षले बिहीबार दरबार मार्गमा एक कार्यक्रमको आयोजना गरी टुर घोषणा र यसबारे जानकारी दिएको हो ।

देशका पाँच मुख्य शहरमा सांगीतिक टुर हुने निर्माण पक्षले बताएको छ । गायक केहरसिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड लुङ्गा’ले सांगीतिक प्रस्तुती दिनेछन् । त्यस कन्सर्टमा फिल्मका नायक अविभेषक खड्का र नायिका आकृती राजभण्डारी पनि उपस्थित हुनेछन् ।

माघ १ गते नेपालगञ्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा कन्सर्ट हुने तय भएको निर्माण पक्षले बताएको छ । यी सबै कन्सर्टको प्रवेश शुल्क नलाग्ने बताइएको छ ।

काठमाडौंको कन्सर्टमा फिल्मको ट्रेलरसमेत सार्वजनिक गरिने जनाइएको छ ।

‘कुमारी’मा समावेश चार गीत ‘डोको बुन्ने’, ‘तिमी बिना’, ‘कता छौं मेरो फूल’ र ‘झ्यालैमा’मा केहरको स्वर रहेको छ ।

यी चारै गीतले युट्युबमा राम्रो भ्युज पाएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ३४ बजे

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा

रोहित शेट्टीको घरबाहिर मध्यरातमा चल्यो गोली

काठमाडौं– बलिउडका सफल फिल्म निर्देशक रोहित शेट्टीको मुम्बईस्थित घरबाहिर आइतबार