कांग्रेस ललितपुरले जारी गरेको विवादित विज्ञप्तिप्रति आपत्ति « Khabarhub

कांग्रेस ललितपुरले जारी गरेको विवादित विज्ञप्तिप्रति आपत्ति


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र कुमार श्रेष्ठले बुधबार जारी विज्ञप्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस केन्द्रिय कार्यालयले २८–३१ मा आयोजना हुने केन्द्रिय महाधिवेशनको तालिका सार्वजनिक भइसकेको अवस्थामा उक्त विज्ञप्ति जारी गरिनु आपत्तिजनक रहेको बताएको छ । 

पार्टी प्रवक्ता सन्तोष राज केसीका अनुसार, उक्त विज्ञप्ति एकल निर्णयमा र पदाधिकारी तथा जिल्ला कार्य समिति सदस्यसँग छलफलविना जारी गरिएको अवैधानिक कदम भएको छ। 

उनले सम्पूर्ण महासमिति, महाधिवेशन तथा पार्टीका भातृ संगठन र शुभेच्छुक संस्थालाई भ्रममा नपर्न आग्रह गर्दै, केन्द्रिय कार्यसमितिको निर्णय अनुसार महाधिवेशन सफल पार्न आह्वान गरेका छन्।

साथै, प्रवक्ताले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ताहरू सक्रिय भएर सहभागी हुन अनुरोध गरेका छन्।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : १४ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म