जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को  डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको भएको  प्रहरीले जनाएको छ । 

छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए । 

घाइते हुनेहरुमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी,  वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ३३ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर