कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार « Khabarhub

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।

कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन् । 

एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उनले जानकारी दिए । फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेका उनले जानकारी दिए । 

कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ५५ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर