भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा « Khabarhub

भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने घोषणा गरेका छन् । मचाडो भेटवार्ताका लागि अर्को हप्ता वासिङ्टन आउने राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा बताइएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति र मचाडोबीचको यो पहिलो भेट अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरी न्यूयोर्कमा लागूऔषध र हतियारको अभियोगमा मुद्दाको सामना गर्न लगेको एक हप्तापछि हुन लागेको हो ।

गत हप्ता ट्रम्पले मचाडोलाई भेनेजुएलामा देशको नेतृत्व गर्ने सामर्थ्य नभएको उल्लेख गर्दै अमेरिकाले भेनेजुएलालाई वर्षौँसम्म नियन्त्रण गर्न सक्ने सुझाव दिएको जनाइएको छ ।

उनले फक्स न्यूजलाई दक्षिण अमेरिकी देश भेनेजुएला हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा, नयाँ चुनाव गर्ने स्थितिमा नभएको बताएका छन् । मचाडोले आफ्नो नोबेल पुरस्कार ट्रम्पसँग बाँड्न प्रस्ताव गरेको बताउदै ट्रम्पले यो आफ्नो लािग सबै भन्दा ठुलो सम्मान हुने उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : १४ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक