काठमाडौंमा बलिउड स्टार सञ्जय दत्त, हलमा छन् उनका दुई फिल्म « Khabarhub

काठमाडौंमा बलिउड स्टार सञ्जय दत्त, हलमा छन् उनका दुई फिल्म


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड सुपरस्टार नायक सञ्जय दत्त काठमाडौंको दुई दिने भ्रमणमा छन् । उनी एक जुवाघर उद्घाटनका लागि बिहीबार आए पनि राजनीतिक व्यक्तिसँगको भेटघाट र व्यक्तिगत घुमघामले चर्चामा छन् ।

नेपाल आएका बलिउड स्टार दत्तको चर्चा हुनु ठूलो कुरा होइन । उनको फ्यानबेस नेपालमा पनि राम्रो छ । नेपाली स्टारहरुले समेत उनीसँग भेट गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

दत्तले बिहीबार साँझ पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोग पुष्पकमल दाहाललाई भेटे । शुक्रबार उनी पशुपति मन्दिर दर्शन गर्न पुगे । उनका गतिविधि दर्शकहरुले चासोका साथ हेरेका छन् ।

व्यवसायिक कारणले काठमाडौं आएका दत्त व्यक्तिगत गतिविधिमा पनि सहभागी भएका हुन् ।

संयोग, दत्त काठमाडौं भ्रमणमा रहेका दौरान उनको अभिनय रहेको दुई फिल्म प्रदर्शनरत छ । शुक्रबारबाट उनको अभिनय रहेको फिल्म ‘राजासाब’ प्रदर्शनमा आएको छ ।

उनको अभिनय रहेको अर्को फिल्म ‘धुरन्धर’ डेसेम्बर ५ देखि प्रदर्शनरत छ । भारतमा सर्वाधिक व्यापार गरेर कीर्तिमान राखेको यो फिल्मले नेपालमा पनि १० करोडमाथि व्यापार गरेको छ ।

दत्त नेपाल भ्रमण सकेर आजै दिल्ली फर्किने बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ३४ बजे

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

कङ्गोमा कोल्टान खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

एजेन्सी– अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको

काठमाडौंका फुटपाथमा काम गरेर खाने मजदुरको गाँस खोसिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू