स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री « Khabarhub

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छ : स्वास्थ्यमन्त्री


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताएकी छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज यहाँ आयोजित स्वास्थ्य बिमा सुधार कार्यक्रममा उनले स्वास्थ्य बिमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । 

मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी दिगो बनाउने भन्नेमा सरकारले चिन्तन गरिरहेको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका  कमीकमजोरीलाई विश्लेषण गर्न विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल गरेको जानकारी दिइन् । 

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा रघुराज काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो भएको र नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको स्पष्ट पारे ।

डा काफ्लेले स्वास्थ्य बिमा कार्यक्रमका लागि पर्याप्त बजेट, दीर्घकालीन प्रतिबद्धता र स्पष्ट नीतिमा बहस आवश्यक रहेकामा जोड दिए । 
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : ०३ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्