आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी « Khabarhub

आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)ले स्वनियमनका क्रममा जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को प्रति ग्रहण गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने क्रममा राज्यका जिम्मेवार सबै संस्था र निकायबीचको आपसी सहयोग, सहकार्य, समन्वय हुन आवश्यक रहेको बताए । 

निर्वाचनको वातावरण बनाउन आमसञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै आयोगबाट जारी हुने निर्वाचन आचारसंहिता र आफ्नो निर्वाचन आचारसंहितालाई दृष्टिगत गरी निर्वाचन सफल बनाउने राष्ट्रिय अभियानमा रासस क्रियाशील हुने विश्वास व्यक्त गरे । 

आसन्न निर्वाचनका क्रममा आचारसंहिता जारी गरी कार्यान्वयनमा गएकामा खुसी व्यक्त गर्दै सत्यतत्थ्य, निष्पक्ष, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राससबाट अझ बढी भूमिका अपेक्षा गरिएको बताए ।   
     
निर्वाचन आयुक्त सगुनशमशेर जबराले मुलुकका आमसञ्चारमाध्यमलाई सहयोग पुग्नेगरी निर्वाचन लक्षित समाचार सामग्री सङ्कलन तथा सम्प्रेषणमा रासस केन्द्रित हुने विश्वास व्यक्त गर्दै आसन्न निर्वाचनलाई राष्ट्रिय उत्सवका रुपमा मनाउन सम्बद्ध सबैसँग अनुरोध गरे ।

उनले आचारसंहिता उल्लङ्घन हुन नदिन, मतदातासँग सम्बन्धित शिक्षा र सूचना सम्प्रेषण गर्न तथा सही समाचार सही समयमा दिन आमसञ्चारमाध्यको ध्यानाकर्षण गरे ।
     
आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता सबै सञ्चारमाध्यमले आफ्ना लागि आफैँले जारी गरेर लागू गर्ने अवस्था आएमा सहयोग पुग्ने बताए । 

उनले अनुभवी जनशक्तिसहित राष्ट्रव्यापी रुपमा कार्यसञ्जाल रहेको राससको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसअघिजस्तै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने समाचार सामग्री सम्प्रेषणका पक्षमा रासस केन्द्रित हुने विश्वास व्यक्त गरे ।  
     
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वनियमनका लागि जारी गरेको २३ बुँदे निर्वाचन आचारसंहिता आजैदेखि लागू भएको जानकारी दिए । 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ५ : २५ बजे

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका