काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आबाट आमा’मा समावेश गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सर्वजनिक भएको छ ।
नेवारी भर्सनमा गायक तथा कलाकार यमन श्रेष्ठको स्वर रहेको छ । नेपाली भर्सनको यो गीतमा गायक रवि ओडले स्वर दिएका छन् । रविको स्वरमा रहेको गीत युट्युबमा चर्चामा छ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो गीतलाई नेवारी भाषामा अनुवाद गरेका हुन् । मदन र यमन बुवा-छोरा हुन् ।
‘आबाट आमा’मा नायक पल शाह, विपना थापा, सिम्रन पन्त र साइग्रेस पोखरेल रहेका शीर्ष भूमिकामा छन् । भारतीय कलाकार प्रदीप रावत पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस फिल्मको लेखक र निर्देशक चन्द्र पन्त हुन् । उनको यो दोस्रो फिल्म हो । उनले फिल्म ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका हुन् ।
कृष्ण प्रसाद सुबेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना यस फिल्मका निर्माता हुन् ।
गीतको लिंक :













प्रतिक्रिया